images

शनिवार, बैशाख ८ गते २०८१

रूपन्देही–५ मा एउटै पार्टीका दुई उम्मेदवार 

रूपन्देही–५ मा एउटै पार्टीका दुई उम्मेदवार 

कानून भन्छ : पहिला दर्ता गर्नेको सदर हुन्छ 

images
images
images
आइतवार, आश्विन २३ २०७९
आइतवार, आश्विन २३ २०७९
  • रूपन्देही–५ मा एउटै पार्टीका दुई उम्मेदवार 

    भैरहवा, २३ असोज । 
    रूपन्देहीको क्षेत्र नम्बर ५ मा एउटै पार्टीका दुई जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका लागि नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । घिमिरेले दिउँसो साढे ३ बजे उम्मेदवारी दर्ता गराएका हुन् भने  भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन् । 

    images
    images
    images

    निर्वाचन ऐनअनुसार एउटै पार्टीका दुई जनाले उम्मेदवारी दर्ता गर्न नमिल्ने उल्लेख छ । एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन ऐनमा प्रष्ट रूपमा उल्लेख रहेको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए । उनले निर्वाचन कानून र निर्वाचन आयोगको निर्देशन अनुसार आधिकारिक उम्मेदवार तय गरिने बताए । दुवै उम्मेदवारले आफू आधिकारिक उम्मेदवार रहेको दावी गरेका छन् । 

    निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले यस बिषयमा आधिकारिक रूपमा आयोगमा जानकारी नआएको बताए । आधिकारिक रूपमा जानकारी आएपछि कानूनअनुसार आयोगले निर्णय लिने आयुक्त भणडारीले खबरपात्रोलाई जानकारी दिए। 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij