२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

द श्री फाउन्डेसन न्यूयोर्क अमेरिकाद्वारा रक्तदान 

मंगलवार , आश्विन २५, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • बुटवल, २५ असोज । 
    अन्तर्राष्ट्रिय क्षेत्रमा सामाजिक कार्य गर्दै आएको प्रबासी नेपालीहरुको संस्था द श्री फाउन्डेसन आईएनसी, न्यूयोर्क अमेरिकाको आयोजनामा सोमबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं शालिग्राम, मैनादेवी फाउन्डेशन रुपन्देही, स्वयंसेवी रक्तदाता समाज बुटवल लगायतको सहयोगमा सम्पन्न कार्यक्रममा ३१ जनाले सहभागिता जनाएका छन् । 

    द श्री फाउन्डेसन न्यूयोर्क अमेरिकाका अध्यक्ष पुरुषोत्तम पन्थीका अनुसार सो संस्थाले सामुदायिक स्वास्थ्य, सडक सुरक्षा, बाल सुरक्षा, युवा सशक्तिकरण, शिक्षा तथा वातावरण सुधारको क्षेत्रमा कार्य गर्दै आएको छ । अमेरिका र नेपाल लगायत विभिन्न मुलुकमा सामाजिक सेवा गर्दै आएको सो संस्थाले अन्तर्राष्ट्रियस्तरमा सामाजिक कार्यहरु गर्नका लागि ईजाजत समेत प्राप्त गरिसकेको अध्यक्ष पन्थीले जानकारी दिए ।

    कार्यक्रममा लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटा, आयोजक पुरुषोत्तम पन्थी, लायन्स क्लब अफ काठमाडौं शालिग्रामका चार्टर प्रिसेडेन्ट ओम शर्मा, मैनादेवी फाउन्डेशनका अध्यक्ष केपी खनाल, स्वयंसेवी रक्तदाता समाज बुटवलका अध्यक्ष कृष्ण चौहान, प्राध्यापक डा. ताराप्रसाद भट्टराई, नेकपा एमालेका नेता किसन ज्ञवाली, विकासजंग बस्नेत, पत्रकार हरिश ढकाल लगायतले वर्तमान अवस्थामा रक्तदानको महत्वबारे चर्चा गरेका थिए ।