२०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आफु निकट कार्यकर्तालाई बजेट वितरण गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

सोमवार , श्रावण १२, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  •  
    साउन ११,अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँलिकाको वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
     
    गाउँपालिकाको वडा नं. ७ ले आफुखुसि पैसा वितरण गरेकोले नेपाली काँग्रेस वडा कार्य समिती छत्रदेव ७ ले वडा कार्यलयमा तालाबन्दी गरेको स्थानीय काग्रेस नेता सोभाखर न्यौपानेले जानकारी दिएका छन ।
     
    कोरोनाको चपेटामा परी आर्थिक स्रोत कमजोर भएका व्यक्तिलाई छुट्टाईएको विभिन्न शिर्षकमा छुट्टिएको बजेट उनीहरुलाई नदिई आफ्ना पाटिका कार्यकर्ता, सरकारि कर्मचारी संगठनका व्यक्ति तथा नातेदार लगाएतलाई वितरण गरको रकम उनीहरुलाई नै बितरण गर्नु पर्ने लगाएतका माग राख्दै कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गरेको नेपाली काँग्रेस छत्रदेव वडा कार्यसमितीले बताएको छ ।