२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणसम्बन्धी कार्यशाला

शुक्रवार , आश्विन २८, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २८ असोज ।
    बाढी पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रम अन्तर्गत मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणसम्बन्धी दुईदिने कार्यशाला शुक्रबारदेखि धकधईमा सुरु भएको छ । रोहिणी गाउँकार्यपालिका कार्यालय, रुपन्देहीको आयोजना तथा युनिसेफ फिल्ड अफिस भैरहवाको सहयोगमा कार्यशाला भएको हो ।

    रोहिणी–३ धकधईस्थित श्री रामनरेश यादव आदर्श माध्यमिक विद्यालय स्रोत केन्द्रमा कार्यशालाको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विपद् व्यवस्थापनमा गाउँपालिकाको ध्यान पुगेको बताए । 

    रोहिणी गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख कल्पना खनालले विपद् बाजा बजाएर नआउने भएकाले पूर्वतयारी आवश्यक रहेको बताइन् ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता, विपद् व्यवस्थापन शाखा प्रमुख कल्पना खनालको स्वागत तथा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_3703.JPG

    कार्यशालामा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख, वडा सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागीता रहेको छ । कार्यक्रमको सहजीकरण नमुना एकीकृत विकास परिषद रुपन्देहीका परियोजना संयोजक अमृता अधिकारीले गरेकी छन् ।

    IMG_3713.JPG