
शुक्रवार , आश्विन २८, २०७९
भैरहवा, २८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) की केन्द्रीय कार्यकारिणी सदस्य निलम कुमारी यादवले पार्टीबाट राजीनामा दिएकी छन् । उनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएकी हुन् ।
विज्ञप्तीमा ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा जिल्लादेखि केन्द्रसम्म जातीवाद, परिवारवाद, व्यक्तिवाद हाबी रहेको छ । पार्टीमा कुनै पनि निर्णय लोकतान्त्रिक प्रक्रियाको मूल्य मान्यतालाई मिचेर व्यक्तिको निर्देशन र केही नेताहरुको व्यक्तिगत स्वार्थ हुने गरी जबरजस्ती निर्णय लाद्ने गरिन्छ । यसरी व्यक्तिबाद हाबी रहेको पार्टीको नेतृत्वमा राज्यबाट उपेक्षित पारिएका मधेशी, आदिवासी, जनजाती, थारु, महिला, दलित, मुस्लिम, अल्पसंख्यक लगायत उत्पिडित समुदायको अधिकार र पहिचान दिलाउन सम्भव नरहेको निष्कर्ष निकाल्दै आजकै मितिबाट लोसपा नेपालको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी गराउँछु, ’भनिएको छ ।
यादवले आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई बिना कुनै शर्त समर्थन गर्ने बताइन् । लोसपाले काम गर्ने असल व्यक्तिको उचित मुल्यांकन समेत नगरेको उनले आरोप लगाएकी छिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij