२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

वाईसियल रोहिणीद्वारा रक्तदान

आइतवार , कार्तिक ६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • पशुपति यादव
    भैरहवा, ६ कात्तिक ।
    नेकपा (माओवादी केन्द्र) निकट योंग कम्युनिष्ट लिग नेपाल (वाइसियल) रोहिणी गाउँपालिका कमिटी, रुपन्देहीको आयोजनामा शनिबार धकधईमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रोहिणी उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको वाईसियल रोहिणी गाउँपालिकाका अध्यक्ष अकरम खानले बताए ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वाईसियलका केन्द्रीय सचिव माधव बस्नेतले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गर्नु सराहनीय रहेको बताए । 

    वाईसियल रोहिणीका अध्यक्ष अकरम खानको अध्यक्षता तथा दिनेश कुमार मौर्यको सञ्चालमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रोहिणी उपशाखाका सभापति अनिल कुमार कौशल, रुपन्देही जिल्ला शाखा मन्त्री आर मोहम्मद खाँ, सपना रोक्का, माओवादी केन्द्र रोहिणी गाउँपालिका इञ्चार्ज छेदी गुप्ता, दिलिप प्रजापति, ओमप्रकाश गुप्ता, राजेन्द्र गौड लगायतको उपस्थिति रहेको थियो ।