images

शुक्रवार, चैत्र १६ गते २०८०

‘पत्थर जस्तो दिल’ गजल सार्वजनिक

‘पत्थर जस्तो दिल’ गजल सार्वजनिक

images
images
images
सोमवार, कार्तिक ७ २०७९
सोमवार, कार्तिक ७ २०७९
  • ‘पत्थर जस्तो दिल’ गजल सार्वजनिक

    भैरहवा, ७ कात्तिक ।
    साहित्यकार नरेश ज्ञवालीको ‘पत्थर जस्तो दिल’ नामक गजल सार्वजनिक भएको छ । उक्त गजल सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । ५ मिनेट ४४ सेकेण्ड लामो ज्ञवालीको आफ्नै रचनामा रहेको ‘पत्थर जस्तो दिल’ नामक गजलमा चर्चित गजल गायक थानेश्वर गौतमले संंगीत तथा स्वर प्रदान गरेका छन् ।
    निर्देशक रामजी लामिछानेको कोरिओग्राफी तथा निर्देशनमा बनेको गजल ‘पत्थर जस्तो दिल’ गायक थानेश्वर गौतमको अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको छ । गजलमा चर्चित मोडलहरु सुधिर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय रहेको छ । निर्मातामा रचनाकार नरेश ज्ञवाली एवं समीक्षा ज्ञवाली छन् ।

    images
    images
    images

    विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आएका युवा साहित्यकार ज्ञवाली रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का बासिन्दा हुन् । विदेशमा बसेर पनि नेपाली कला–साहित्यलाई अगाडि बढाउन प्रयासरत रहेका उनले दर्जनौं गजल कविताहरु लेखेका छन् । 

    २०३६ सालमा पाल्पाको झडेवामा जन्म भएका ज्ञवाली आफ्नो पेशासँगै साहित्यमा पनि रुची राख्दै आएका छन् । विशेष गरी लेख, रचना, गीत, कविता र गजलमा उनको लगाव छ । यो गजल एउटा विशुुद्ध मनोरञ्जनात्मक गीत भएको उनले बताए । जसमा एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरा व्यक्त गर्दछ । पहिलोपटक सुन्दा नै यो गीतको शब्दले हरेक श्रोताहरुको मन सफल हुने ज्ञवालीले विश्वास व्यक्त गरे ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij