२०८२, भाद्र १५ गते

Aug 31 2025 | २०८२, भाद्र १५ गते

परदेशीको पीडा

सोमवार , श्रावण १२, २०७७

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  •  ✒️दिनेश खड्का

    कविता
    आमाको आत्मीय आर्शीवाद
    र, बा को बलियो प्रेरणा बोकेर
    परदेश छिरेको थिएँ हिजो म
    सलह जस्ता सपना पूरा गर्न
    आफ्ना कम आफन्तका धेरै
    किनकि फेर्नै पर्ने थियो मलाई
    संगिनीका सफा सारीहरु,
    छोरीका छरपष्ट छनौटहरु,
    सहोदरका समस्याहरु,
    र देशको दयनीय दरिद्रता 

    म मेरो रहरले होइन,
    म मेरो आकाङ्क्षाले होइन,
    खेदिएको थिए मेरै देशबाट
    अवसरको पाइला पछ्याउँदै
    कैयौँ पर जहाँ सोच पुग्दैनथ्यो।
    देशले दशा हेर्न चाहेन मेरो
    अनि खेद्यो मलाई समुन्द्रपार
    निकै तातो हावा र पानी खान
    निलो र नुनिलो समुद्र छेउमा
    नुनिलै पसिना र आँसु बगाउन।


    समयले साथ दिएकै थियो
    घरका देखि परकाहरुको
    जीवन फेरिदिएको थिएँ मैले
    सपना, चाहना र चरित्रलाई
    सार्थक पारिदिएको थिएँ मैले
    आफ्ना पीडालाई पर सारेर
    आफ्ना आकाङ्क्षालाई त्यसै मारेर
    उता, देश नि नाराज थिएन मसँग
    देश चलाउनेहरु त झनै खुसी
    किन कि देश चलाउने पेट्रोलियम
    म पठाउथेँ रेमिटको बाल्टीमा।


    समयको सुई सधै एउटै हुन्न
    समुन्द्रको सन्नाटा एउटै हुन्न
    समयले साथ छोडेको छ आजकल
    उल्टो गतिमा गिज्याउँदै हिडिरहेछ
    जहिले देखि बेरोजगारको सूचीमा
    मेरो नाम अचानक अङ्कित भयो।
    कोरोना कहरले आक्रान्त पारेपछि
    मेरो काँध थाप्ने कम्पनीले भन्यो
    अब देखि काम दिन सकिन्न 
    मन झसंग भो, तन झन्कियो
    मानौं कि कसैले मलाई धकेल्यो
    निकै अग्लो छिद्रादा र छाँगाबाट 


    लाग्यो-आफ्नै भाग्यले ठग्यो
    आफ्नै सारा सपनाहरुले छले।
    आफ्नै देशले खेदेर हिडेको म
    अर्काको देशमा आश्रयको आश गरिनँ
    बिजोग बनाएर बसाइ यो मलाई
    काल लाग्ने कठिन क्वारेन्टिनमा।
    मैले मान्छे राख्ने गोदाम देखेँ त्यहाँ
    मानवीय मूल्य खोसिएको देखेँ त्यहाँ
    धिक्कारेँ आफ्नै असल अस्तित्वलाई
    जब मानिसका बीच घृणा हाँसिरह्यो।


    अनि, अनेक पल सम्झिएँ देशलाई
    कैयौँ पटक सम्झिएँ माटोलाई
    बा को चाउरीएको अनुहारलाई
    आमाको अत्यासिलो अभावलाई
    संगिनीका सुनौला सपनाहरु पनि
    छोरीका छरिता आकाङ्क्षाहरु पनि
    झसङ्ग हुँदा अगाडि खाना थियो
    मात्र श्वास धान्न सक्ने खालको
    तप्प आँसु चुहिए त्यही खानामा
    र, खाएँ आँसुसँग केही गासहरु 




    आफ्नो माटोमा फर्किन मन थियो
    जहाँ नेरप्याररआत्मीयपन थियो
    राजदूताबासले यमदूताबासले जस्तै
    नमिठो गरी नमज्जा दियो मलाई
    भन्यो-अबदेखि फोन नगर्दा वेश 
    परराष्ट्र मन्त्रालयलाई सम्झेँ परबाट
    उ झनै पराई जस्तो ग¥यो मसँग
    भन्यो-दूताबासले गर्छ नि उद्धार 
    बा-आमालाई सुनाउन चाहिनँ पीडा
    उल्टै उहाँहरुले नैसुनाउनुभयो-
    मिल्छ भने अहिले घर नआईज
    छिमेकीहरुले कुरा काट्छन् यहाँ
    कोरोना बोकेर छोरो आयो भनेर 

    आमा, चारमहिना भो बेरोजगार छु,
    बाबा, चारै महिना भो क्वारेन्टिनमा छु,
    बाँचेको छु अभाव, दबाव र बेचैनीमा
    क्रन्दनको कथालाई काँखी च्यापेर।
    परदेशले पराई बनाएको छ मलाई
    स्वदेशले स्वागतद्वारमा रोक्छु भन्छ
    आफन्तले बल्ल खायो भन्दैछन् 
    जसले मेरो आईफोन र ल्यापटप पचाए
    आज मेरै घरजग्गा खान्छु भन्छन्
    म बेरोजगार बनेको चार महिनामै 


    संगिनी पनि सारै बोल्दिन् आजकल
    भन्छिन्–आर्मीसँग बिहे गर्नुपर्ने रैछ ।
    सानी छोरी मात्र पहिला जस्तै छे
    भन्छे–बाबा, आउँदा चकलेट ल्याइदिनुला
    आमाले आशलाग्दो सान्त्वना दिनुहुन्छ–
    कान्छा रिन लागो स्तर दिन नलागोस् ।
    आमाको सान्त्वनाको लठ्ठी टेकेर, 
    विवशताको बेचैन सुस्केरा सुसेल्दै,
    फर्किन मन छ मलाई त्यहीँ
    जहाँबाट जमिन छाडी चहाज चढेको थिएँ ।