२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

राज्यले उद्योगी व्यवसायीकाे संरक्षण नगरे देश समृद्ध हुँदैन: दीपक बोहरा

मंगलवार , कार्तिक १५, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares

  • भैरहवा, १५ कात्तिक ।पूर्व मन्त्री दीपक बोहोराले उद्योगी व्यवसायीको संरक्षण र प्रवर्द्धन नगरेसम्म देश समृद्ध नहुने बताएका छन् ।

    सरकारकै नीतिमा चल्ने उद्योग व्यवसाय सरकार नै उनीहरूको विरुद्धमा चलेकोले अहिले देशमा संकट आइपरेको उनले बताए ।बैंकले जथाभावी व्याज बढाउनु, अतिआवश्यक बस्तुहरुको आयातमा कडाई गर्नु, स्वदेशी उत्पादनलाई बढावा दिनुको साटो सरकार नै चोरी तस्करी गाराउनमा प्रोत्साहन गरेको र सञ्चालनमा रहेको उद्योगहरू पनि बन्द गर्ने अवस्थामा सरकारले नै पुर्‍याएकोले उद्योग व्यवसायीहरुको धरासायी हुदै गएको उनकाे भनाइ छ ।

    निजी क्षेत्र तथा संघ संस्थाहरुसँगको छलफलमा उनले देश विकासमा र समृद्ध नेपालकोलागि मेरुदन्ड जस्तै उद्योग धन्दा रहेको बताए । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बोहोराले बैंकहरूले आफुखुसी बढाएको ब्याजदर तत्काल सिङ्गल डिजिटमा नघटाए मुलुक आर्थिक संकटमा फस्ने चेतावनी दिए ।