२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

कपिलवस्तुको चन्द्रौटामा महिलाको बिभत्स हत्या, संगैबस्ने भतिज पक्राउ

आइतवार , मंसिर २८, २०७७

  • 6.0K
    Shares
  • 6.0K
    Shares
  • कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको हत्या भएको छ । ती महिलाको गए राति हत्या भएको प्रहरीले जनाएको छ। 

    चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए।

    टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ। हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ। घटनको बिस्तृत बिबरण भने आउन नसकेको प्रहरीको भनाई छ। 

    महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए।