२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

तीनदिने उद्घोषण तालिम सम्पन्न 

मंगलवार , कार्तिक २२, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, २२ कार्तिक ।
    नेपाल मगर संघ ओमसतिया गाउँपालिका समिति ठुटीपीपल रुपन्देहीको आयोजनामा तीनदिने उद्घोषण तालिम मंगलबार समापन भएको छ । 

    समितिका अध्यक्ष दीपक सर्बुजा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले सहभागीलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । सो अवसरमा उपाध्यक्ष चौधरीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सबै सहभागी प्रशिक्षार्थीलाई आग्रह गरिन् । 

    कार्यक्रममा मगर संघका वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष यम बहादुर थापा, प्रदेश महिला मगर संघका सदस्य सरस्वती हिस्की, कार्यक्रम संयोजक झविलाल दर्लामी, सहभागी प्रशिक्षार्थी विपना सुर्यवंशी, युनिका थापा, सपना श्रीस लगायतले बोलेका थिए ।

    १५ जनाको सहभागीता रहेको तालिममा रुपन्देही एफ.एम.का स्टेशन म्यानेजर शंकर पाण्डेले प्रशिक्षण दिएका थिए । समितिका सचिव मधु थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।