२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

निःशुल्क मधुमेह परीक्षण 

आइतवार , कार्तिक २७, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल, २७ कात्तिक ।
    लायन्स क्लब अफ बुटवल स्टार्स र चौराह हस्पिटलको संयुक्त आयोजनामा शनिबार विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क परीक्षण तथा वाकाथुन, जनचेतनामुलक कार्यक्रम गरेको छ । बुटवल अमरपथ टक्सार कम्लेक्सदेखि ५ किलोमिटर बुुटवलको राजमार्ग चौराहमा गएर उक्त कार्यक्रम समापन भएको थियो । 

    वाकाथुन कार्यक्रममा मधुमेह रोगसम्बन्धी विभिन्न प्लेकार्ड, पोष्टर तथा अन्य जनचेतनामूलक सामग्रीहरु समेत समावेश गरिएको लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष विजय कुमार वर्नवालले जानकारी दिए । वाकाथुन पश्चात आयोजना गरिएको कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी का फष्ट भिडिजी पीएनजेएफ अर्जनमान सैंजु, सेकेण्ड भिडिजी पुरुषोत्तम प्रधानाङ्ग  लगायतले मधुमेह रोग तथा लायन्सले गर्दै आएको कार्यक्रम बारेमा आ–आफ्नो भनाई राखेका थिए । 

    निःशुल्क मधुमेह परीक्षणमा ३ सय ८० जनाको परिक्षण गरिएको थियो । कार्यक्रममा लायन्स स्टार्सका संस्थापका अध्यक्ष तथा डिष्ट्रिक ३२५ पी का सचिव सन्दिप कसौधन, क्लबका पूर्वअध्यक्ष तथा डिष्ट्रिक एड्भाईजर आशिष कृष्ण श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 

    कार्यक्रममा निःशुल्क मधुमेह परीक्षणसहितको प्राविधिक सहयोग चौराह हस्पिटल प्रालिका प्रशासकीय अधिकृत सतोष गुप्ताले बताए । कार्यक्रममा चौराह अस्पतालका अध्यक्ष डा. प्रकाश पुन, अर्थोपेडीक डा. मदन ज्ञवाली, न्यूरो सर्जन डा.के.आईसिंह केसी, फिजिसीयन डा.सरोज थापासहित अस्पतालका ल्याब टेक्नीसियनसहित प्राविधिकहरुको सहभागीता रहेको थियो ।