२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

उत्साहित घनश्याम, आशावादी मतदाता

सोमवार , कार्तिक २८, २०७९

रुपन्देही । एउटै पार्टीमा बसेर तीनदशक बढी सहकार्य गरेका नेताहुन्घनश्याम भुसाल र छविलाल विश्वकर्मा । विद्यार्थीकालदेखि राजनीतिकमा होमिएका भुसाल एमालेको उपमहासचिवसम्म चुनिए । एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजितहुँदा विश्वकर्मा भने केन्द्रिय सचिवमा निर्वाचित भए ।

यी दुई नेताको सम्बन्ध सुमधुर छ । अहिलेसम्म एकअर्कालाई आक्षेपमा उत्रिएका छैनन् । विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । उनी भविबलका पूर्व खेलाडी हुन् । तीक्ष्ण क्षमता भएका भुसाल बामपन्थी बैचारिक नेता मानिन्छन् । यसअघिको एमालेको महाधिवेशनले उनकै अगुवाईमा स्थापितनीति समेत पारित गरेको थियो । ‘दुर्भाग्यनीति एउटाको नेतृत्व अर्कैको हुँदा लामो इतिहास बोकेको राम्रो र बामपन्थी पार्टी नीतिविनाको हुँदै गयो’, आइतबार रुपन्देहीको रोहिणीमा घरदैलोमा भेटिएका भुसालले भने ।  

उनले झलनाथ खनाल पार्टी अध्यक्ष हुँदासम्म एमालेमा नीति र नेतृत्व ठीक भएपनि केपी ओली पार्टी अध्यक्ष भएपछि नीतिभन्दा नेतृत्व हावीहुँदा एमाले सही ट्रयाकमा हिंड्न नसकेको सुनाए । एमाले परित्याग गरेका एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यकालागि स्वतन्त्रउम्मेदवारी दिएका छन् । उनलाई सत्ताघटक दलहरुले समर्थन गरेका छन् । उनी त्रिभुज चुनाव चिन्ह लिएर मैदानमा छन् ।

यही निर्वाचन क्षेत्रबाट उनै भुसालसँगएमालेमा रहँदा तीनदशक बढी सहकार्य गरेका एमाले सचिव विश्वकर्माले पनि उम्मेदवारी दिएका छन् । तीन दशकलामो मित्रता उनीहरुबीच प्रतिस्पर्धीका रुपमा देखिएको छ । बैचारिक एवं माक्र्सवादका ब्याख्याता नेता भुसाल र विश्वकर्मा आमनेसामने हुँदा कसले निर्वाचन जित्ला भन्ने विभिन्न अड्कलबाजी सुरु भएका छन् । तरभुसालले पछिल्लो समयमा राम्रो जनमर्थन पाएका छन् । यसबाट उनी उत्साहित छन् ।

भुसाल रुपन्देहीको तिलोत्तमा निवासी हुन् भने विश्वकर्मा बुटवल उपमहानगरपालिका निवासी हुन् । २०७४ को निर्वाचनमा भुसाल क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित हुँदा विश्वकर्मा क्षेत्र नम्बर एकबाट निर्वाचित भएका थिए । त्यतिबेला बाम गठबन्धन भएकाले उनीहरुले सहजजित निकालेका थिए । २०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यतालिएका भुसालपूर्व कृषिमन्त्री हुन् । विश्वकर्मा खेलाडी जीवनबाट २०४६ पछि एमालेमा लागेका नेता हुन् । उनी पनि पूर्वकृषिमन्त्री भइसकेका छन् । विश्वकर्मा एमाले राजनीतिमा आएपछि भुसाल र उनको सम्बन्ध राम्रो छ ।

२०५३ मा एमालेका तत्कालीन सांसद धनपति उपाध्यायको निधन पछि भएको उपनिर्वाचनमा भुसाल भैरहवा क्षेत्रबाट निर्वाचित भएका थिए । भुसाल विश्वकर्मा भन्दा एक दशक पहिलाबाट नै राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । भुसालले विभिन्न आन्दोलनमा हेमिँदै गर्दा पटकपटक गरी दुई वर्ष ५ महिना कष्टकर जेल जीवन विताएका छन् । तरविश्वकर्माले जेल जीवनभने विताउन परेको छैन । भुसालसँगजति विश्वकर्मासँग राजनीतिक अनुभव पनि छैन ।
 
विश्वकर्मा २०७४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर एकबाट विजयीभएका थिए । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा ०७० मा विश्वकर्मा पराजितभएका थिए । बाम गठबन्धनबाट ०७४ मा सहज जित निकालेका विश्वकर्मालाई यसपटक भने भुसाल चुनौति बन्ने देखिन्छ । २०७४ मा राप्रपाका नेतादीपक बोहरा र तत्कालीन एमाले नेता भुसालबीच क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा भएको थियो । भुसालबाम गठबन्धनका साझाउम्मेदवार थिएभने बोहरालाई काँग्रेसको समर्थन थियो । तरभुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गरेका थिए । भुसालले ३२ हजार ८६६ मतल्याउँदाबोहराले २७हजार ४२२ मतपाएकाथिए ।

०७४ को निर्वाचनमा नै क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्न चाहेका भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीकाकारण टिकट पाएनन् र ३ बाट उठे । अहिले पार्टी परित्याग गरेपछि १ बाट उम्मेदवार भएका छन् । गत बैशाखमा सम्पन्न स्थानीयतह निर्वाचनमा पार्टीगतरुपमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा काँग्रेस बलियो छ । तर अहिले सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय तहनिर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेसको ३२ हजार ९९९एमालेको ३० हजार ३९४राप्रपाको १४ हजार ५५२जसपाको ६ हजार ६९५माओवादीको ४ हजार २०२नेकपाएसको १ हजार २४३ र लोसपाको ३२५ मत छ । दुई गठबन्धनको मत छुट्टाछुट्टै जोड्दा क्षेत्रमा विश्वकर्मा बलिया देखिन्छन् ।

स्थानीयतहको मतका आधारमा विश्वकर्मा बलिया देखिएपनि भुसालले पार्टी परित्याग गरेका कारण करिब ५ हजार मत प्रभावित भएको बताइन्छ । लामो समय रुपन्देही र त्यसमा पनि क्षेत्र नम्बर १ लाई प्राथमिकता दिएर एमालेमा राजनीति गरेका भुसालले एमालेको मत अवश्य तान्ने अनुमान गर्न सकिन्छ । भुसालका यसअघि संसदीय सम्पर्क कार्यालयका प्रमुख रहीकाम गरेका उनका सहयोगी मनोजकुमार रिजालले एमालेको ८१० हजार मत प्रभावित हुने बताउँछन् । 

घनश्याम भनेको राजनीतिक इमानबामपन्थीनीति र एउटा ब्राण्ड नै हो’, रिजालले भने, ‘उहाँले एमाले छाड्दा वित्तिकै धेरै मतप्रभावितहुने भएकाले सहजै जित निकाल्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’ भुसाल उम्मेदवार भएपछि धेरै एमालेकाजिल्लास्तर र स्थानीय स्तरका नेताकार्यकर्ताले भित्रभित्रै स्वस्फूर्त रुपमा भुसालको प्रचारप्रसार गरिरहेका छन् । जसले गर्दा पनि भुसालको जितमाकुनै अप्ठ्यारो नहुने रिजालको तर्क छ । ‘राजनीतिक हाइटलगावइमान्दारिता सबैमा उच्च तहमा उहाँ (भुसाल) हुनुहुन्छ’, रिजालले भने, ‘यसले पनिजितको बाटो सहज गराएको छ ।’  

गठबन्धनको साथएमालेको मत र भुसालको राजीतिक छवि हेरेरपनि जित सहजहुने दावी भुसालपक्षीय नेताहरुको छ । भुसाललाई जनसमर्थन राम्रो छ । एमालेमा विद्रोह छ भने धेरै नेताकार्यकर्ता भुसालतिर लागेका छन्अर्कातिर गठबन्धनको पनि साथ छ । यस कारण पनि भुसालउत्साहित देखिएका छन भने घनश्यामको आगमनले  राष्ट्रिय मिडियाको ध्यान समेत यस क्षेत्रमा केन्द्रित छ । जसका कारण मतदाताहरू घनश्यामलाई भेट्नउनका योजना र विचार सुन्न उत्सुक र उनीप्रती आशावादी समेत देखिन्छन । 

देवदह नगरपालिकातिलोत्तमा नगरपालिकाका वडा नम्बर ७१०१११२१५१६ र १७ओमसतिया गाउँपालिकाका १६ र रोहिणी गाउँपालिका क्षेत्र नम्बर १ मा पर्छ ।