images

शनिवार, बैशाख २२ गते २०८१

सुकुम्बासी समस्या समाधान गर्छौ : पहाडी

सुकुम्बासी समस्या समाधान गर्छौ : पहाडी

images
images
images
मंगलवार, कार्तिक २९ २०७९
मंगलवार, कार्तिक २९ २०७९
  • सुकुम्बासी समस्या समाधान गर्छौ : पहाडी

    रूपन्देही । नेकपा माओवादी केन्द्रका नेता तथा रुपन्देहीनिर्वाचन क्षेत्र न. ५ (१) का गठबन्धनका साझा उम्मेद्वार विनोद पहाडीले विपन्न,सुकम्बासी र उत्पीडित समुदायको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन ।

    निर्वाचन क्षेत्र न. ५ को १ अन्र्तगतका विभिन्नक्षेत्रमा चुनावी भेटघाटका क्रममा उम्मेद्वार पहाडीले नागरिकले भोगेका दैनिक अप्ठ्याराहरुलाईसमाधान गर्ने प्रतिबद्धता जनाएका हुन । कञ्चन गाउँपालिका वडा न. १ लौसामा जागरणसृजनशिल आमा समूह र कञ्चन जागरण दलित सञ्जालले मंगलबार आयोजना गरेकोअन्तरक्रिया कार्यक्रममा बोल्दै पहाडीले निर्वाचन क्षेत्रमा रहेका विपन्न, दलित तथामहिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउने कार्यक्रम लागू गर्ने बताए । उनले निर्वाचनक्षेत्रमा रहेका विपन्न र दलित तथा महिलाहरुको जीवनस्तर उकास्ने सवालमा गठबन्धनका तर्फबाटउम्मेद्वार भएका प्रतिनिधिसभाका भरतकुमार शाह र आफू संवेदनशिल रहेको बताए ।

     निर्वाचनक्षेत्रलाई खरको छानामुक्त, महिला तथा विपन्न समुदायका लागि घुम्ती स्वास्थ्य सेवा समेतसञ्चालन गर्ने पहाडीले घोषणा गरे । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेतरहेका पहाडीले अहिलेको गठबन्धन विपन्न र सिमान्तकृत नागरिकको अधिकार संरक्षणका लागिबनेको बताए । उने विगतमा केन्द्रीय बजेट पारेर प्रतिनिधिसभाका उम्मेद्वार काँग्रेसनेता शाहले काम गरेको बताउँदै अब थप कामहरु हुने विश्वास दिलाए । उनले गठबन्धनकाउम्मेद्वारलाई जिताएर पछुतो मान्ने अवस्था आउन नदिने बताए ।

     कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका उपसभापती डा. अनिता शाहले कञ्चन क्षेत्रमा अझै पनिभौतिक विकास गर्न बाँकी रहेको बताउँदै अब मानवीय विकासका लागि समेत गठबन्धनकाउम्मेद्वारहरुले काम गर्ने बताइन । शाहले गठबन्धनको स्थानीय सरकार बनिसकेको रअब संघ र प्रदेशमा समेत गठबन्धनको उम्मेद्वार जिताएमा मात्रै दलित, महिला तथासिमान्तकृत समुदायहरुले अधिकार स्थापित हुने बताईन ।  

    उक्त अवसरमा कञ्चन जागरण दलित सञ्जालका अध्यक्षराजकुमार सुनार, सदस्य  दिल मायाँ विक तथा कृष्णढुंगानाले बोल्दै स्थानीयहरुलाई रोजगारीसँगै विकास निर्माणमा जोड्न आग्रह गरेकाथिए । मंगलबार विभिन्न क्षेत्रमा घरदैलौ गरिएको छ ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij