२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रूपन्देही-२ मा लौरो अभियानको समर्थन सत्ता गठबन्धनका उम्मेदवारलाई 

बुधवार , कार्तिक ३०, २०७९

बुटवल

रूपन्देही २ मा हाम्रो नेपाली पार्टी ९लौरो अभियान०ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ । 

सो पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधि सभा सदस्यका उम्मेद्वार केशव बहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेद्वार दीर्घबहादुर केसी कुमार र वामदेव क्षेत्रीलाई रहने बताए । उनले रूपन्देही २ मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ घर चिन्हमा, २ ९१० तर्फ रूख चिन्हमा र २९२० तर्फ हसिया हथौडामा भोट दिने र अभियानको पूर्ण समर्थन रहेको बताए । 

एमालेका उम्मेदवार विष्णु पौडेलले हाम्रा उम्मेद्वार निकोलस (कमल) भुसालको राजनीतिक भ्रुण हत्या गरे, निकोलस भुसाललाई न्याय दिन पनि विष्णु पौडेललाई हराउनुपर्छ, उनले भने(युवाहरू एकजुट भएर रूपन्देही २ मा गठबन्धनका साथमा छन्, प्रतिगमनकारी विष्णु पौडेललाई रूपन्देहीबाट हराउनुपर्छ र अग्रगमनलाई विजयी बनाउनुपर्छ।

 रूपन्देही २ मा उम्मेदवारी दिएका निकोलस भुसालको उम्मेदवारी राज्यको सुविधा लिएको भन्दै उजुरी परेपछि निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवारी खारेजपछि भुसाल सर्वोच्च अदालत गएपनि अदालतले निर्वाचन कार्यालयको निर्णय सदर गरेको थियो ।