२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

भैरहवामा मतपेटिका आउने क्रम जारी, रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा मतगणना हुने

आइतवार , मंसिर ४, २०७९

भैरहवा। रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ भैरहवामा मतपेटिका ल्याउने क्रम जारी छ । ३६ वटा वडा रहेकाे याे क्षेत्रमा ४६ वटा मतदान स्थलका १४६ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ ।

मतपेटिका सहित बचेका मतपत्र र अन्य निर्वाचन सामाग्री हरुपनि मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयमा बुझाउने क्रम जारी छ । मतपेटिका बुझे पछि सर्वदलिय बैठकले मतगणनाकाे निधाे गर्नेछ ।

१ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकाे निर्वाचन क्षेत्र नम्बर ३ मा करिब ६६ प्रतिशत मत खसेकाे प्रारम्भिक तथ्यांकले देखाएकाे छ । मतपेटिका बुझेपछि यकिन डाटा सफ्टवेयरमा प्रविष्ट हुन्छ त्यसलगत्तै  मात्रै  यकिन तथ्यांक आउँछ ।

newskarkahna-news403911.jpg
newskarkahna-news403913.jpg

याे क्षेत्रबाट मात्रै ५ सय ८४ मतपेटीका संकलन हुनछ । अझै पनि मतपेटिका आउने क्रम जारी छ । रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा मतगणना हुन्छ । न्युज कारखाना