२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुटवलको हिलपार्कबाट जीप लाईनमा सरर

बुधवार , पौष १, २०७७

बुटवल, १ पुस । पर्यटकीय र साहसिक खेलका रुपमा परिचित जीप लाईन रुपन्देहीमा सुरु भएको छ । बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरी बुटवलको हिलपार्कमा जीप लाईन संचालनमा ल्याइएको हो । 

रुपन्देहीमा फुटबलमा लामो समयदेखि योगदान दिएका खेलप्रेमी हरि प्रसाद श्रेष्ठले यो खेल बुटवलमा भित्राएका हुन । लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता समुहको हिलपार्क र उत्तरको अर्को डाडालाई जोड्ने गरी जीप लाईन तयार गरिएको छ । स्थानीय लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता समुहसंग सहकार्य गरी बाईल्ड बल्डर्स नेपाल प्रालिले साहसिक खेल संचालनमा ल्याएको हो । 

आफनै ठाउमा खेल भित्राउन सामुदायिक वनसंग सहकार्य गरी साहसिक खेलका अनुभवी व्यक्तित्व काठमाण्डौका राजकुमार श्रेष्ठको सहकार्यमा भित्राएका हुन् । रुपन्देहीमा संचालनमा ल्याएको राजकुमार श्रेष्ठ, हरि प्रसाद श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र खिमलाल भण्डारी छन । हिलपार्क जीप लाईन परियोजनामा करीब सवा करोडको गुरुयोजना अनुसार काम भइरहेको उनले बताए । 

पहिलो चरणमा जिम लाईनको पूर्वाधार तयार भएको छ । दुवै डाडामा रुखलाई नै आर्कषक ढंगले मचाङ बनाइएको छ । जीपलाईनमा झुण्डिएर पर्यटकले बुटवल शहरको सुन्दर दुश्यालोकन गर्छन । ‘लक्ष्मीनगर र हिलपार्कमा चिल्डेन पार्क बनाउने, चमेना गृह निमार्णको समेत तयारी छ ।’– उनले भने । दुईतर्फी जिम लाईन संचालन भएको नेपालको बुटवलमा मात्र भएको उनले दावी गरे । एकतफी ६ सय ५० मिटर र अर्कोतर्फ ७ सय ५० मिटर गरी दुईतर्फी १ हजार ४ सय मिटर दुरीको यो सम्भवत नेपालकै सबैभन्दा लामो जिम लाईन समेत भएको उनले बताए । 

वाईल्ड बन्डर्स नेपाल प्रालिका संचालक राजकुमार श्रेष्ठले खेलसंगै वन संरक्षण र आयआर्जनको राम्रो विकल्प भएको बताए । वाईल्ड बल्डर्सले चितवन, गोदावरीमा संचालनमा ल्याएको छ । वनलाई नबिगारी साहसिक खेल भित्राउने काम गरिएको वन उपभोक्ता समुहका अध्यक्ष याम बहादुर थापाले बताए । 

‘प्राकृतिकमैत्री रुपमा पूर्वाधार बनाइएको हो ।’–उनले भने । नेपालमा चितवन, काठमाण्डौबाहिर पोखरा, धुलिखेलमा समेत यो संचालनमा छ । सस्तो मुल्यमा साहसिक खेलको अनुभव लिन सकिने व्यवस्था गरिएको उनले बताए । पर्यटकलाई अहिले उद्घाटनको अवसरमा केही समयका लागि १ हजार ५ सय रुपैयामा तोकिएको उनले बताए । जीप लाईन सुरु भएसंगै ५ जनाले रोजगार पाएका छन । गुरुयोजना अनुसार पुर्वाधार पुरा भए दुई दर्जन बढीले रोजगार पाउने छन ।  पर्यटकहरु तारमा झुडिएर एउटा डाडाबाट अर्को डाडासम्म जान सकिन्छ । यो विशेष प्रकारको तार हो ।