images

शुक्रवार, चैत्र १६ गते २०८०

अर्घाखाँचीमा एमालेको ‘क्लीन स्वीप’ : रायमाझी, आचार्य र घिमिरे निर्वाचित

अर्घाखाँचीमा एमालेको ‘क्लीन स्वीप’ : रायमाझी, आचार्य र घिमिरे निर्वाचित

images
images
images
बिहिवार, मंसिर ८ २०७९
बिहिवार, मंसिर ८ २०७९
  • अर्घाखाँचीमा एमालेको ‘क्लीन स्वीप’ : रायमाझी, आचार्य र घिमिरे निर्वाचित

    बुटवल, ८ मंसिर ।

    images
    images
    images

    अर्घाखाँचीमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले क्लिव स्वीप गरेको छ एक प्रतिनिधि सभा र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन सिटमै एमाले विजयी भएको हो । प्रतिनिधि सभा सदस्यमा एमाले सचिव टोपबहादुर रायमाझी र प्रदेश सभा सदस्यमा चेतनारायण आचार्य र रामजी घिमिरे विजयी भएका हुन् ।

    नेता रायमाझीले पूर्व उपसभामुख तथा कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाललाई पराजित गरेका हुन् । रायमाझीले ४८ हजार १७२ मत ल्याउँदा भुसालले ४६ हजार ४४२ मत ल्याएकी छन् । रायमाझीले १ हजार ७ सय ३० मतान्तरले जित हात पारेका छन् ।

    रायमाझी ०६४ सालदेखि लगातार यहाँबाट जित्दै आएका छन् । प्रदेशसभा १ मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र २ मा रामजी घिमिरे विजयी भएका छन् । आचार्यले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७ सय ४० मतान्तरले पराजित गरेका हुन् । आचार्यले २० हजार ५ सय १८ मत ल्याउँदा केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरेका थिए ।

    यसैगरी प्रदेश सभा २ मा रामजी प्रसाद घिमिरे २२ हजार ७ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कमल प्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गरेका थिए । घिमिरेले भुसाललाई ८ सय १ को मतान्तरले जितेका हुन् । न्युज कारखाना

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij