images

शुक्रवार, बैशाख ७ गते २०८१

सि.के. गुप्ता : मेयरमा पराजित, प्रदेशसभा सदस्यमा निर्वाचित

सि.के. गुप्ता : मेयरमा पराजित, प्रदेशसभा सदस्यमा निर्वाचित

images
images
images
बिहिवार, मंसिर ८ २०७९
बिहिवार, मंसिर ८ २०७९
  • सि.के. गुप्ता : मेयरमा पराजित, प्रदेशसभा सदस्यमा निर्वाचित

    भैरहवा, ८ मंसिर ।
    २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिएका युवा नेता चन्द्रकेश गुप्ता (सि.के.) पराजित भए । लुम्बिनी साँस्कृतिक नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार सजरुद्दीन मुसलमान ८ हजार २ सय २१ मत प्राप्त गरी निर्वाचन जिते । जनमत पार्टीका नेता गुप्ता ५ हजार ५ सय ९६ मतका साथ दोस्रो स्थान ल्याए । 

    images
    images
    images

    तर, गुप्ता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भने निर्वाचित हुन सफल भएका छन् । उनले २०७४ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ (२) मा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित फखरुद्दीन खाँलाई पराजित गर्दै गुप्ता निर्वाचित भएका छन् । जनमत पार्टीका उम्मेदवार गुप्ता १२ हजार ९ सय ४१ मतका साथ निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार खानले ११ हजार ६ सय ५१ म्त ल्याएका हुन । यद्यपि निर्वाचन आयोगले घोषणा भने गरेको छैन ।

    खान २०७४ सालको स्थानीय तह निर्वाचनमा लुम्बिनी साँस्कृतिक नगरपालिकाको मेयरमा उम्मेदवार भइ स्वतन्त्र उम्मेदवार मनमोहन चौधरीसँग पराजित भएका थिए । तर, प्रदेशसभा सदस्यमा कांग्रेसबाट खान निर्वाचित भएका थिए । 

    प्रदेशसभा सदस्यमा निर्वाचित लुम्बिनीका २९ वर्षिय गुप्ताले आफूले जनताबाट पाएको अमूल्यको मतको कदर गर्ने बताए । उनले भने, ‘मलाई जनताले मत दिएर सम्मान दिनुभएको छ, यो क्षेत्रको विकासका लागि अगाडि बढ्नेछु ।’

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij