images

बिहिवार, बैशाख १३ गते २०८१

निरन्तर जनताको पक्षमा काम गर्नेछु : सन्तोष पाण्डेय

निरन्तर जनताको पक्षमा काम गर्नेछु : सन्तोष पाण्डेय

images
images
images
बिहिवार, मंसिर ८ २०७९
बिहिवार, मंसिर ८ २०७९
  • निरन्तर जनताको पक्षमा काम गर्नेछु : सन्तोष पाण्डेय

    भैरहवा, ८ मंसिर ।
    रुपन्देही क्षेत्र नम्बर ३ (१)बाट निर्वाचित प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले निरन्तर जनताको पक्षमा आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले जनताले दोस्रोपटक विश्वास गर्नुभएकोले निरन्तर जनताको पक्षमा काम गर्ने बताए ।

    images

    बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपश्चात बोल्दै नेता पाण्डेयले पाँच वर्षको कार्यकालमा जनताको पक्षमा काम गर्ने प्रयासलाई जनताले सार्थक भनेर फेरी विश्वास गरेको बताए । उनले भने, ‘आउने दिनमा जनताको सेवा गर्नुका साथै ल्याएका योजनालाई पूर्णता दिनेछु । ’उनले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नुका साथै जनतालाई आइपर्ने समस्या समाधानका लागि लागिपर्ने बताए । जनताको समस्या समाधान गर्ने नेतृत्व आम जनताले खोजेको र आफूलाई अवसर दिएकोले जनताको पक्षमा निरन्तर काम गर्ने उनको भनाइ छ ।

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का उम्मेदवार सन्तोष कुमार पाण्डेय निर्वाचित भएका छन् । पाँचदलीय सत्ता गठबन्धनका उम्मेदवार पाण्डेयले १४ हजार ९ सय २८ मतका साथ प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । तीनदलीय तालमेलका उम्मेदवार जनता समाजवादी पार्टी, नेपाल (जसपा) का महेन्द्र यादवलाई पराजित गर्दै पाण्डेयले दोस्रोपटक प्रदेश सभा सदस्यको यात्रा तय गरेका हुन् ।

    यादवले १० हजार ७ सय ९८ मत ल्याउन सफल भए । हाम्रो नेपाली पार्टी (लौरो अभियान) का गोपाल भण्डारीले ५ हजार ४६२ मत ल्याई तेस्रो स्थानमा रहन सफल भए । 

    ३८ वर्षिय पाण्डेय २०७४ मा पनि यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पाण्डेय लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।  

    मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले मंसिर ५ गते दिउँसो १ः३० बजे मतगणना सुरु भएको र हालसम्म ५० प्रतिशत मतगणना सम्पन्न भएको बताए । अहिले रुपन्देही क्षेत्र नम्बर ३ (२) को मतगणना जारी रहेको कोइरालाले जानकारी दिए । उनले सम्भवत शनिबारसम्म मतपरिणाम आउने जानकारी दिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij