बिहिवार , मंसिर ८, २०७९
भैरहवा, ८ मंसिर ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य तथा तीनदलीय तालमेलकोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार उम्मेदवार महेन्द्र यादवले जित्नु नै ठूलो कुरा नभएको बताएका छन् । उनले आफूले पाएको मत नै जीत भएको बताए ।
सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् ‘जित्ने ठूलो कुरा होइन, जीतले पद पाइन्छ, हारे पछि पद भोग गर्न पाइँदैन, फरक त्यति मात्र हो ।’
नेता यादवले आफूले पाएको मत नै जनताको प्रेम र विश्वास पाउनु भएको उल्लेख गरे । उनले भने, ‘म राजनीतिमा सक्रिय भएको धेरै भयो, धेरैलाई नेता बनाए पनि, आफू सफल न भए पनि कहिले जनताबाट टाढा नभएर जनताकै माझमा सेवा दिइरहे र दिइरहनेछु किनकि मलाई प्रेम र विश्वास गर्ने धेरै पाए र पाउने आशा राख्छु ।’ आफू जनताकै सेवामा लागिरहने उनको भनाइ छ ।
नेता यादव पाँचदलीय गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार सन्तोष कुमार पाण्डेयसँग पराजित भएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij