भैरहवा, ९ मंसिर ।
रुपन्देही क्षेत्र नम्बर १ (१) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार आशिष कुमार चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ यादवलाई ३ हजार १ सय ३४ मतान्तरले पराजित गर्दै चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । चौधरीलाई एमाले र जसपाले समर्थन गरेको थियो ।
चौधरीले १७ हजार ७ सय ८५ मत ल्याएर विजयी भएका छन् भने यादवले १४ हजार ६ सय ५१ मत ल्याएका छन् ।
चौधरीले सत्तारुढ पाँचदलीय गठबन्धनकोतर्फ कांग्रेसका उम्मेदवार विश्वनाथ यादवलाई पराजित गरेका हुन् ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सरोजसिंह चौधरीले ६ हजार १ सय ४३ मत प्राप्त गरेका छन् ।