२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

करिस्मा मानन्धर भन्छिन्, 'बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ'

शुक्रवार , मंसिर ९, २०७९

काठमाडौं, ९ मंसिर ।

नायिका तथा नेकपा एमाले नेता करिस्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, 'चारैतिरबाट घेराउ हुदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ । (बाघलाइ हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो। )'

समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ । उनले लेखेकी छिन्, 'मधेसमा दुइजाना महिला प्रतिनिधि जित्नु सानो कुरा होइन । सम्पूर्ण कम्रेडहरुलाई शुभकामना ।' न्युज कारखाना