images

शुक्रवार, बैशाख ७ गते २०८१

रुपन्देहीमा दोहोरिएर उम्मेदवार बनेका ८ जना विजयी

रुपन्देहीमा दोहोरिएर उम्मेदवार बनेका ८ जना विजयी

images
images
images
मंगलवार, मंसिर १३ २०७९
मंगलवार, मंसिर १३ २०७९
  • रुपन्देहीमा दोहोरिएर उम्मेदवार बनेका ८ जना विजयी

    भैरहवा, १३ मंसिर । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा दोहोरिएर उम्मेदवारी दिएका ८ जना उम्मेदवार पुनः विजयी भएका छन् । २०७४ सालमा निर्वाचित भएकामध्ये प्रतिनिधिसभा सदस्यमा २ जना र प्रदेशसभा सदस्यमा ६ जना उम्मेदवार पुनः विजयी भएका हुन् ।

    images
    images
    images

    रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार तथा पूर्व कृषिमन्त्री छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पराजित गर्दै विश्वकर्मा रुपन्देही–१ बाट पुनः निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा विश्वकर्माले नेपाली कांग्रेसका उम्मेदवार अब्दुल रज्जाकलाई पराजित गरेका थिए ।

    एमाले परित्याग गरी पाँचदलीय गठबन्धनको समर्थनमा उम्मेदवार बनेका भुसाल पराजित भएका छन् । भुसाल २०७४ सालको निर्वाचनमा राप्रपाका नेता बोहरालाई पराजित गर्दै रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर यसपटक उनी विजयी हुन सकेनन् ,

    त्यस्तै रुपन्देही क्षेत्र नम्बर २ बाट एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेल पुनः निर्वाचित भएका छन् । भुसाल निरन्तर सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई पराजित गर्दै विष्णु पौडल निर्वाचित भएका हुन् । २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीलाई पराजित गर्दै पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    त्यस्तै प्रदेशसभा सदस्यतर्फ रुपन्देही क्षेत्र नम्बर २ (१) बाट एमालेका उम्मेदवार लिला गिरी निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार दीर्घ बहादुर केसीलाई पराजित गर्दै उनी निर्वाचित भएका थिए । २०७४ सालमा काजीमान श्रेष्ठलाई पराजित गर्दै गिरी निर्वाचित भएका थिए । गिरी शंकर पोखरेल नेतृत्वको सरकारमा पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार बने गिरीलाई मुख्यन्त्रीको रुपमा पार्टीले अघि सार्न सक्ने सम्भावना बढी छ ।

    त्यस्तै रुपन्देही २ (२)बाट एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बामदेव क्षेत्रीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । २०७४ सालमा कांग्रेसका उम्मेदवार महेशमान सिंहलाई पराजित गर्दै श्रेष्ठ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । श्रेष्ठ लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री हुन् ।

    रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार सन्तोष कुमार पाण्डेय निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार महेन्द्र यादवलाई पराजित गर्दै पाण्डेय पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । २०७४ सालमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार भइ नेपाली कांग्रेसका उम्मेदवार देवी प्रसाद चौधरीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।

    त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट नेकपा एमालेका उम्मेदवार तुलसी प्रसाद चौधरी निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार हरिध्वज मल्ललाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    त्यसै गरी रुपन्देही क्षेत्र नम्बर ४ (२) बाट कांग्रेसका उम्मेदवार तथा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँ निर्वाचित भएका छन् । जनमत पार्टीका उम्मेदवार अर्जुन प्रसाद जैसवाललाई पराजित गर्दै खाँ निर्वाचित भएका हुन् । खाँ २०७४ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विरेन्द्र जैसवाललाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    रुपन्देही क्षेत्र नम्बर ५ (२) बाट एमालेका उम्मेदवार भूमिश्वर ढकाल निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विनोद पहाडीलाई पराजित गर्दै ढकाल पुनः निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार विष्णु पोखरेललाई पराजित गर्दै ढकाल निर्वाचित भएका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij