images

बिहिवार, बैशाख ६ गते २०८१

३५ औं एड्स दिवस : रुपन्देहीको ओमसतियामा अन्तरक्रिया

३५ औं एड्स दिवस : रुपन्देहीको ओमसतियामा अन्तरक्रिया

images
images
images
बिहिवार, मंसिर १५ २०७९
बिहिवार, मंसिर १५ २०७९
  • ३५ औं एड्स दिवस : रुपन्देहीको ओमसतियामा अन्तरक्रिया

    भैरहवा, १५ मंसिर । 
    ३५ औं एड्स दिवस रुपन्देहीको ओमसतिया गाउँपालिकामा बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्‍याऔ’ भन्ने मूल नारासहित गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्ने वक्ताहरुले अहिले पनि एचआईभी एड्सको जोखिम रहेकोले यसबाट सचेतना अपनाउनुपर्ने बताए । एड्सबाट जोगिने मूख्य उपाय नै यसको चेकजाँच रहेकोले यसको चेकजाँचलाई अनिवार्य बनाउनुपर्ने साकार समूहका गोपाल बन्जाडेले बताए । उनले विभिन्न विधिबाट एचआईभी एड्स फैलिने गरेको बताउँदै एउटै सिरिन्जले लागुऔषध प्रयोग गर्नेहरु यसको अधिक जोखिममा रहेको बताए । यसर्थ यसको रोकथामको लागि जोखिमयुक्त व्यवहारहरु छोड्नुपर्ने बन्जाडेको भनाइ थियो ।

    ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले एचआईभी एड्सबारे अहिले पनि समाजमा खुला रुपमा कुरा गर्न त्यति सहज मान्ने गरिएको अवस्था नरहेको बताए । ‘केही वर्ष पहिले एड्सलाई पनि भयानक रोगको रुपमा लिइएको थियो । सञ्चो नहुने र गलत क्रियाकलापको कारण हुने रोगको बारेमा यसलाई प्रचार गरिएको थियो । ’यादवले भने, ‘तर अब एचआईभी एड्सको विषयमा काम गर्ने धेरै संघ–संस्थाहरु भइसकेका छन् ।’ सचेतनाकै कारण अहिले पनि एड्सबारे मानिसहरु खुलेर बोल्न नसकेको र अब यसबारे खुल्ला बहस हुन जरुरी रहेको उनले औल्याए ।

    ओमसतिया गाउँपालिकामा पनि एचआईभी एड्स संक्रमितहरु रहेको तथ्यांकहरुले देखाएको बताउँदै उनले यहाँ पनि एड्सबारे सचेतना आवश्यक रहेको बताए । यसबारे गाउँपालिका कार्यालय गम्भिर रहेको र पहल पनि गरिरहेको यादवको भनाइ थियो ।

    ओमसतिया गाउँपालिकाको आयोजना तथा आस्था समूहको प्राविधिक सहयोगमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा ठूटीपिपल स्वास्थ्य चौकीका प्रमुख केशव पराजुली, पडसरी स्वास्थ्य चौकीका प्रमुख नेत्र न्यौपाने, अनमी कविता रेग्मी, ओमसतिया गाउँपालिकाको राजस्व शाखा प्रमुख अमृता पाण्डे, शिक्षा शाखा प्रमुख हरि पोखरेलले बोलेका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ज्ञवालीले गरेका थिए ।

    कार्यक्रममा गाउँपालिका अध्यक्षसहित ४० जनाको एचआईभी परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको उनले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij