२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

अनधिकृत संरचना हटाउन रोहिणी गाउँपालिकाको सातदिने सूचना सार्वजनिक

शुक्रवार , मंसिर १६, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १६ मंसिर । 
    रुपन्देहीको रोहिणी गाउँपालिकाले सडक क्षेत्रका अनधिकृत संरचना तथा मालवस्तु हटाउन सातदिने सूचना सार्वजनिक गरेको छ । बिहीबार एक सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्रका सडक क्षेत्रमा विभिन्न किसिमका मालवस्तु राख्ने, सडक अतिक्रमण गरी संरचना बनाउने गरेको पाइएकाले आफ्ना मालवस्तु हटाउन समय दिइएको प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले बताए ।

    गाउँ कार्यपालिकाको २०७९ मंसिर १४ गते बैठकमा निर्णय भएकाले सूचना जारी भएको मितिले सात (७) दिनभित्र यस्ता मालवस्तु तथा अतिक्रमण गरी बनाइएको संरचना हटाउन गाउँपालिकाले आग्रह गरेको छ । ‘अन्यथा त्यस्ता मालवस्तु जफत गरी कानूनबमोजिम कारवाही समेत हुने व्यहोरा सूचित गरिन्छ, ’सूचनामा उल्लेख छ ।

    317834140_915148543200077_192969072760586107_n.jpg