
शनिवार , मंसिर १७, २०७९
काठमाडौं। स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ । कांग्रेसका उम्मेदवार धनराज गुरुङ र एमाले उम्मेदवार पद्मा अर्यालबीचको मतान्तर ६ हजार ५४ रहेको छ ।
गुरुङले २९ हजार ३३ मत ल्याउँदा अर्याल २२ हजार ९७९ मतसहित पछ्याइरहेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले सात हजार ६६२ मत पाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij