२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

पूर्वाधार बिनै प्रदेश राजधानी नसार्न कांग्रेस रुपन्देहीको आग्रह

आइतवार , मंसिर १८, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १८ मंसिर ।
    नेपाली कांग्रेस रुपन्देहीले लुुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरीरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी लैजाने जिम्म संरचनाहरु निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुुपर्ने माग गरेको छ । 

    प्रदेश सभाबाट दाङको देउखुुरी उपत्यका र अर्घाखाँचीको शितगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णय अनुसार अहिले त्यहाँ संरचना नै निर्माण नभएको अवस्थामा राजधानी सार्न हतार गरिएको भन्दै कांग्रेस रुपन्देहीले हतार नगर्न आग्रह गर्दै यो माग अघि सारेको हो । 

    कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले विज्ञप्ती जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुुपर्ने उल्लेख गरेका छन् । ‘तत्काल सार्वभौम प्रदेश सभाको निर्णय कार्यान्वयन गर्दा प्रदेश सरकार, संसद्, विषयगत समिति लगायतका संरचनाको नियमित सञ्चालन र व्यवस्थापन गर्न साथै प्रदेश सभा र सरकारसंगै जाने सभासद र कर्मचारीको आवासका लागी पर्याप्त पुर्वाधार नभएको स्थानमा जबरजस्ती लैजानुु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रभाहमा समेत प्रतिकुल असर पर्ने देखिएकोले तत्काल मुकाम सार्ने प्रक्रिया रोकी भौतिक संरचना निमार्णमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौ,’ सभापति खाणद्वारा जारी ज्ञिप्तीमा भनिएको छ ।  

    प्रदेशको मुकाम कहाँ राख्ने र सार्ने भन्दा बढी प्राथमिकता प्रदेश सरकारले प्रदेशबासीको दैनिकीसँग जोडिने गरी कानून निर्माणमा ध्यान दिन कांग्रेसले आग्रह गरेको छ । पछिल्लो निर्वाचनको सांकेतिक अभिमतलाई दृष्टिगत गर्दै प्रदेश मुकाम जहाँ छ, त्यहीबाट चुस्त रुपमा सेवा सञ्चालनको माग कांग्रेसको छ ।