
आइतवार , मंसिर १८, २०७९
बुटवल, १८ मंसिर ।
नेकपा (एमाले) रुपन्देहीले लुम्बिनी प्रदेश राजधानी दाङमा तत्काल नसार्न आग्रह गरेको छ । हाल बुटवल रहेको राजधानी दाङको भालुवाङ सार्न लागिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको एमाले रुपन्देहीले बिना पूर्वाधार राजधानी तत्काल दाङ नसार्न भनेको हो ।
सस्तो लोकप्रिययताका लागि भालुवाङ राजधानी सार्न थालिएको आरोप लगाउँदै एमालेले तत्काल राजधानी सार्ने काम रोक्न आग्रह गरेको छ ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गरेर राजधानी सार्ने काम रोक्न आग्रह गरेका हुन् । राजधानी भालुवाङ सार्ने तयारी स्वरुप सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमालेले आपत्ति जनाएको हो ।
प्रदेशसभा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको अवस्थामा अहिले राजधानी सार्ने काम उचित नभएको भन्दै एमालेले प्रदेशमा बन्ने नयाँ सरकारले यसबारे काम गर्नुपर्ने जिकिर गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij