
आइतवार , मंसिर १८, २०७९
भैरहवा, १८ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, रुपन्देहीले लुम्बिनी प्रदेश अस्थायी मुकाम (राजधानी) बुटवलबाट सार्ने प्रदेशको काम चलाउ वर्तमान अस्थायी सरकारको सक्रियताप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार एक विज्ञप्ती जारी गर्दै राप्रपा रुपन्देहीले राजधानी तोकिएको स्थानमा भौतिक पूर्वाधार समेत नरहेको अवस्थामा बिना कुनै तयारी हतारमा प्रदेश राजधानीको कार्यालयहरु सार्न खोज्नु गलत भएको बताएको हो ।
पार्टीका रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘भर्खर सम्पन्न २०७९ को निर्वाचनबाट जननिर्वाचित सदन र सरकारले मात्र गर्नुपर्ने कार्यविपरीत निर्वाचित जनप्रतिनिधिको अधिकारमाथि हस्तक्षेप गरिएको छ । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij