२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष राउतबीच भेटवार्ता

आइतवार , मंसिर १८, २०७९

काठमाडौं, १८ मंसिर ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । खड्कालाई भेट्न राउत उनकै निवास गल्फुटार पुगेका हुन् ।

भेटमा उनीहरूले बधाई तथा शुभकामना साटासाट गरेका थिए । हालैको प्रतिनिधि सभा निर्वाचनमा खड्का सुर्खेत–१ र राउत सप्तरी–२ बाट निर्वाचित भएका थिए ।

भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ ।न्युज कारखाना