२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

गजलकार सुरज दीपशिखाको ‘पूर्णिमाको जून’ विमोचन 

सोमवार , मंसिर १९, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, १९ मांसिर । 
    सिर्जनशील साहित्यिक समाज (सिसास) रुपन्देही, भैरहवाको २२७ औं मासिक संगममा गजलकार सुरज घिमिरे दीपशिखाको ‘पूर्णिमाको जून’ बाल–गजल संग्रह विमोचन भएको छ ।

    नाटककार अशेस मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ‘पूर्णिमाको जून’ बाल–गजल संग्रहको गजलकार रुद्र ज्ञवालीले समीक्षा गरेका थिए । 

    कार्यक्रममा प्राज्ञ बुँद राना, वरिष्ठ बालकथाकार प्रा.डा. कपिलदेव लामिछाने, प्रवासी नेपाली संघ भारतका उपाध्यक्ष नारायण होमागाई, प्रा.डा. सावित्री कक्षपति मल्ल, कृतिकार सुरज दीपशिखा, साहित्यकारहरू विजय सागर, रुद्र ज्ञवाली, डा. श्याम न्यौपाने, यज्ञलाल सुवेदी, रामबहादुर श्रेष्ठ, सीता काफ्ले, छवि ज्ञवाली, तिलक अञ्जान, लता प्रधान, सिर्जना खनाल, इशा खड्का, घनश्याम विश्वकर्मा, सफलता घिमिरे लगायतले रचना वाचन गरेका थिए । 

    सिसासका अध्यक्ष कमल पोख्रेलको अध्यक्षता, पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीको स्वागत मन्तव्य तथा सल्लाहकार सुवास रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    गजलकार सुरज दीपशिखाले १६ वर्षको लामो साधनापश्चात् बाल मनस्थितिमा आधारित रही बालबालिकाहरूको चेतना वृद्धिको लागि दोस्रो कृतिको रूपमा बाल–गजल संग्रह ‘पूर्णिमाको जून’ प्रकाशन गरेका हुन् । दीपशिखाको २०६७ सालमा ‘शहरको यो भीडमा’ भन्ने गजल संग्रह प्रकाशन भइसकेको छ ।