images

बिहिवार, बैशाख १३ गते २०८१

छापामार शैलीमा मन्त्रालय सार्नु गलत : एमाले नेता श्रेष्ठ

छापामार शैलीमा मन्त्रालय सार्नु गलत : एमाले नेता श्रेष्ठ

images
images
images
मंगलवार, मंसिर २० २०७९
मंगलवार, मंसिर २० २०७९
  • छापामार शैलीमा मन्त्रालय सार्नु गलत : एमाले नेता श्रेष्ठ

    रुपन्देही, २० मंसिर ।
    नेकपा एमालेका नवनिर्वाचित प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको बताए । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै नगरी सेवाग्राहीलाई नै असर पर्ने गरी प्रदेश सरकार अघि बढ्नुले राम्रो सन्देश नदिने जिकिर गर्दै सरकार गैरजिम्मेवारी कामबाट फर्किनुपर्नेमा जोड गरे । उनले जनताको जनमत प्राप्त प्रतिनिधिहरुको भावनालाई कुल्चेर बिना पूर्वाधार नै बलजस्ती ढंगले मन्त्रालय सारिनुले आउने पुस्तालाई समेत नकारात्मक सन्देश जाने बताए ।

    images

    उनले देशको अर्थतन्त्र नै खल्बलिएको अवस्थामा राज्यको करोडौं रकम खर्चेर मुलुकलाई थप आर्थिक भार दिने गरी प्रदेश सरकार अघि बढ्नुले सुशासन माथि नै गम्भिर प्रश्न उठेको बताए ।
    लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी सार्नुको विकल्प नभएको बताए ।

    त्यस्तै लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गरे । उनले राप्ती, भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी प्रदेशको नाम र राजधानी तोकिएको बताउँदै राजधानीको विषयलाई अतिरन्जित ढंगले व्याख्या नगर्न सबैलाई आग्रह गरे । मन्त्री खड्काले दाङको राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै प्रदेश मातहतका मन्त्रालयहरु औपचारिक कार्यक्रमका साथ प्रदेश सरकार अगाडि बढ्ने बताए ।

    मन्त्री खड्काले अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले देशको संविधान, राष्ट्रिय स्वाधिनता र व्यवस्था माथि दरार पैदा गरेर प्राप्त उपलब्धीहरु नै गुम्ने खतरा बढेको बताए । राजनीतिक दलको विकल्प स्वतन्त्र वा कुनै व्यक्ति विशेष नहुने जिकिर गर्दै लोकतन्त्रको स्थापनाको लागी जेलनेल यातना भोगेका नेताहरुको भावनालाई कुल्चेर कुनै विचार र गन्तव्य नै नभएहरुले फैलाएको अफवाहले देशलाई सही मार्गमा लैजान नसक्ने ठोकुवा गरे ।  

    कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij