शनिवार, मंसिर १६ गते २०८०

रोहिणीसहित तीन स्थानीय तह मिलेर वारुणयन्त्र खरीद गर्दै

रोहिणीसहित तीन स्थानीय तह मिलेर वारुणयन्त्र खरीद गर्दै

images
images

खबर पात्रो

२१, मंसिर २०७९
  • 1.0K
    SHARES
  • रोहिणीसहित तीन स्थानीय तह मिलेर वारुणयन्त्र खरीद गर्दै

    भैरहवा, २१ मंसिर ।
    रुपन्देहीमा तीनवटा स्थानिय तहले मिलेर वारुणयन्त्र सञ्चालन गर्ने भएका छन् । रोहिणी, ओमसतिया गाउँपालिका र देवदह नगरपालिकाको संयुक्त लगानीमा वारुणयन्त्र सञ्चालनमा ल्याउने निर्णय गरेका हुन ।

    रोहिणी गाउँ कार्यपालिकाको कार्यालय, धकधईमा मंगलबार बसेको संयुक्त बैठकले तीनै पालिकाको लागत सहभागीतामा वारुणयन्त्र खरीद गरी सञ्चालनमा ल्याउने निर्णय गरेको ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले बताए । वारुणयन्त्र खरीदको लागि देवदह नगरपालिकाले ५० प्रतिशत, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाले २५/२५ प्रतिशत लगानी गर्ने सहमति भएको ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु)ले जानकारी दिए । वारुणयन्त्र खरीद गरी सञ्चालनमा आएपश्चात विपद् व्यवस्थापनमा सहयोग पुग्ने रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

    images
    images

    तीनै पालिकाको संयुक्त लगानीमा खरीद गरिएको वारुणयन्त्र देवदह नगरपालिका–१, मा व्यवस्थापन गरी सञ्चालन गर्ने निर्णय गरेको छ । तीनै पालिकामा हुने विपद् व्यवस्थापन गर्ने गरी वारुणयन्त्र सञ्चालन कार्यविधि निर्माण गर्ने सहमति भएको छ । 

    वारुणयन्त्र संचालन र व्यवस्थापनको कार्यविधि निर्माण गर्नको लागि देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतम सदस्य, देवदह नगरपालिकाका इञ्जिनियर राजकुमार यादव र रोहिणी गाउँपालिकाका लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली रहेका छन ।

    images
    प्रकाशित मिति :मंसिर २१, २०७९ बुधवार - १०:५८:२८ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij