२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

नेता व्यवस्थापन संघीयता भन्दा जनताको समानुपातिक संघीयता आवश्यक : विप्लव

शुक्रवार , मंसिर २३, २०७९

कपिलवस्तु, २३ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले हालको नेता व्यवस्थापन संघीयता भन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रष्टाउँदै पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएको जनाउदै राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने उल्लेख गरे । 

साक्षात्कार कार्यक्रमममा पत्रकारहरुले जनक्रान्तिको आवश्यक रहेको छ भन्दै यहाँहरुको पार्टी अगाडि बढिरहेको छ, के नेपालमा अझैसम्म क्रान्ति नसकिएको हो र भन्ने जिज्ञासामा नेता विप्लवले आफूहरुले थालेको क्रान्ति मान्छे मार्ने नभइ वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरी देशको स्वाधीन अर्थतन्त्रको क्रान्ति भएको प्रष्ट पारे । साथै उनले सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी नछाएको जनाउँदै थप संकटतातर्फ धकेलेको जनाए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकारसँग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताए । पछिल्लो समय नेपालमा कम्युनिष्ट पार्टीहरु एक हुनुपर्नेमा जोड दिदै उनले नेपाललाई सिध्याउन चाहने विदेशी शक्तिहरुको निन्द्रा हराम भएको जिकिर गरे । कार्यक्र रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।