२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

लोसपाले बुझायो प्रदेशसभाका तीन समानुपातिक सांसदको सूची

शनिवार , मंसिर २४, २०७९

काठमाडौं, २४ मंसिर ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समानुपातिकतर्फका सांसदहरुको टुंगो लगाएको छ । लोसपाले मधेस प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा एक गरी तीन जनाको नाम टुंगो लगाएको हो ।

लोसपाका नेता केशव झाका अनुसार मधेस प्रदेशमा रुपा कुमारी यादव (मधेसी महिला), रमिता प्रधान (मधेसी अल्पसंख्यक महिला) र लुम्बिनी प्रदेशमा हेमा बेल्वासे केसी (खस आर्य महिला)को नाम सिफारिस गरेको हो ।

महन्थ ठाकुर नेतृत्वको लोसपाले राष्ट्रिय दलको मान्यता नपाए पनि प्रतिनिधिसभातर्फ चार सिट जितेको छ । न्युज कारखाना