२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

जसपाले टुंग्यायो मधेस प्रदेशमा पठाउने सात समानुपातिक सांसदको नाम

सोमवार , मंसिर २६, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २६ मंसिर । 

    जनता समाजवादी पार्टीले मधेस प्रदेश सभामा पठाउने सात समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिकतर्फ मधेस प्रदेशसभामा पठाउने सात नेताको नाम सिफारिस गरेको छ। 

    जसअनुसार मनिषकुमार सुमन (मधेसी पुरुष अल्पसंख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभा देवी (मधेसी महिला अल्पसंख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), किरण साह (मधेसी महिला), ममता मण्डल (आदिवासी जनजाति महिला) को नाम सिफारिस गरेको छ ।

    निर्वाचन आयोगले समानुपातिकतर्फ सोमबारसम्म बन्दसूचीमा रहेको नाम सच्याउन समय दिएको छ । न्युज कारखाना