२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

सिद्धार्थनगर नगरपालिकाले भन्यो : प्लाष्टिकजन्य पदार्थ नजलाउनु, नत्र कारवाही हुन्छ

बुधवार , मंसिर २८, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २८ मंसिर ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले प्लाष्टिकजन्य पदार्थहरुमा आगो नलगाउन आग्रह गरेको छ । वातावरण र नागरिकको जनस्वास्थ्यलाई मध्यनजर गर्दै पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरुमा आगो नलगाउन आग्रह गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

    पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु जलाउँदा वातावरण प्रदुषित हुन्छ । वातावरणका साथै नागरिकको जनस्वास्थ्यमा गम्भिर असर पर्ने गरेको चिकित्सकहरु बताउँछन् ।

    ‘प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदुषित भइ जनस्वास्थ्य असर परेको हुदाँ उक्त कार्य नगर्नका लागि सूचना जारी गरेर सूचित गरेको छौँ’ प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भने, ‘अटेर गरेमा कानूनबमोजिम कारवाही गर्छौं ।’