२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

सडक अतिक्रमण गरे कारवाही हुने सिद्धार्थनगर नगरपालिकाको चेतावनी

बुधवार , मंसिर २८, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २८ मंसिर ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक अतिक्रमण गरी व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ । नगर क्षेत्रभित्रका सडक, सडकपेटी तथा सार्वजनिक स्थानमा अतिक्रमण गरी अव्यवस्थित रुपमा व्यवसाय गर्दा नगरवासीलाई असुविधा भएकोले त्यस्ता कार्य नगर्नका लागि सूचना जारी गरेर आग्रह गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

    सार्वजनिक स्थान अतिक्रमण गरेर व्यवसाय गरिरहेका व्यवसायीहरुलाई नगरपालिकाको कार्यालयले दैनिक नगर प्रहरी खटाएर सचेत गराउँदै आएको छ ।

    ‘सार्वजनिक स्थान अतिक्रमण गरेर व्यवसाय गरिरहेकाहरुलाई पटकपटक सचेत गराइसकेका छौँ’ उनले भने, ‘केही सचेत भइसके भने अधिकांशले अटेर गरिरहेका छन्, अब सचेत गराइँदैन अटेर गर्ने उपर कारवाही प्रक्रिया अघि बढ्छ ।’

    सडक, सडकपेटी अतिक्रमणले गर्दा नगरको सुन्दरतामा प्रतिकुल प्रभाव परेको तथा पैदलयात्रुहरुलाई हिड्डुल गर्न समेत समस्या परेको गुनासो आएको र अनुगमनको क्रममा पनि देखिएकोले अतिक्रमण हटाउन थालिएको उनले बताए ।