शुक्रवार , पौष १, २०७९
भैरहवा, १ पुस ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)को लुम्बिनी प्रदेश कार्यकारिणी समितिको संयोजकमा रुपन्देहीका सन्तोष कुमार पाण्डेय चयन भएका छन् । लोसपा अन्तरिम विधान २०७८ अनुसार सन्तोष कुमार पाण्डेयको संयोजकत्वमा २३ सदस्यीय लुम्बिनी प्रदेश कार्यकारिणी समिति गठन गरिएको पार्टीले जनाएको छ । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।
समितिको सदस्यहरुमा मोहम्मद ईस्लाम (रुपन्देही), नसिम अख्तर खान (रुपन्देही), सन्दीप त्रिपाठी (रुपन्देही), महेन्द्र गुप्ता (रुपन्देही), राम गणेश पाल (रुपन्देही), कन्हैया बनिया (रुपन्देही), नगेन्द्र अग्रहरी (पश्चिम नवलपरासी), हिरालाल यादव (कपिलवस्तु), लक्ष्मी देवी भुर्जी (बर्दिया), शिव भक्त ठाकुर (कपिलवस्तु), जगदीश गुप्ता (पश्चिम नवलपरासी), सुरेश वर्मा (बाँके), निर्मला ओली (दाङ), नितु शर्मा (रुपन्देही), दुर्गा गुप्ता (रुपन्देही), राम गोपाल यादव (बर्दिया), उमा कुमारी माली सैनी (रुपन्देही), नर्बदा मार्या (रुपन्देही), पारुल बेरिवल (रुपन्देही) र ओम प्रकाश चौधरी (रुपन्देही) रहेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij