२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

सीप विकासका लागि विभिन्न कार्यक्रम गर्दै मेरिगोल्ड मन्टेश्वरी स्कूल

शनिवार , पौष २, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २ पुस ।
    मेरिगोल्ड मन्टेश्वरी स्कूलले बालबालिकाहरुको सीप विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित ठुटीपिपलमा रहेको मन्टेश्वरीले आफ्ना विद्यार्थीहरुको चौतर्फी विकासका लागि पढाइसँगै मौलिक चाडपर्व रीतिरिवाज तथा संस्कारका कार्यक्रमहरु गर्दै आएको हो ।

    बालकको मस्तिष्क ७, ८ वर्षसम्म तीव्र रुपमा विकास हुने भएकोले चौतर्फी विकासको लागि वार्षिक क्यालेण्डरअनुसार कार्यक्रम गर्दै आएकोमा अहिले समाजमा वनभोज कार्यक्रम पनि चलिआएकोले संस्कारको रुपमा वनभोज कार्यक्रम आयोजना गरिएको विद्यालयकी प्रिन्सिपल बिन्दु खरालले बताइन् । हरेक बालबालिकामा कुनै न कुनै क्षमता र प्रतिभा हुने भएकाले प्रतिभाको प्रष्फुटनमा सघाउन र त्यसमा सार्थकता प्रदान गर्ने काम शिक्षा र संस्कारले गर्ने उनले बताइन् ।

    हरेक बालबालिकामा पढाइसँगै संस्कारका कुराहरु सानैदेखि विकास गर्दै जानुपर्ने भएकोले विद्यालयले स्थापनाकालदेखि नै पढाइ, संस्कार र रीतिरिवाजलाई प्राथमिकतामा राख्दै आएको सहायक प्रिन्सिपल प्रिति थापाले बताइन् ।

    मानवको सात, आठ वर्षसम्मको समय बालविकास उमेर हो । यो अवस्था मानव विकासको जग निर्माण हुने संवेदनशील र महत्वपूर्ण अवस्था हो । मानव जीवनका यी सुरुवाती वर्षमा बालबालिकाको मस्तिष्क निर्माण र बौद्धिक विकास तीव्र हुन्छ भन्ने तथ्य विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ ।