images

शनिवार, बैशाख ८ गते २०८१

बुटवलमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ

बुटवलमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ

images
images
images
शनिवार, पौष २ २०७९
शनिवार, पौष २ २०७९
  • बुटवलमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ

    बुटवल। बुटवलमा एक जना पुरूषको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन् । चोरेको बदाम र चकलेट फिर्ता माग्दा एक भारतीय नागरिकको हत्या गरिएको हो ।

    images
    images
    images

    बुटवल उपमहानगरपालिका–९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या भएकोमा शुक्रबार साँझ प्रहरीले हत्या आरोपमा सात जनालाई पक्राउ गरेको छ 

    उनको हत्या गरेको आरोपमा प्रहरीले बुटवल-८ राजमार्ग चौराहमा मागी खाइ हिँड्ने २९ वर्षीय कृष्ण सिजाली मगर लगायत सात जनालाई पक्राउ गरेको हो । 

    आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए । 

    उक्त खबर पाएपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो । त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij