
आइतवार , पौष ३, २०७९
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनविच आज भेटवार्ता भएको छ ।
भेटमा संसदीय दलको निर्वाचनको बारेमा छलफल भएको हो । सभापति पुनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर अगाडि बढ्न आग्रह गरेका छन् ।
साझा उम्मेदवार दिन सकेमा मात्र समूह र कांग्रेस बच्नेमा सभापति पुनले जोड दिनु भएको छ । उनिहरू विचमा राष्ट्रिय राजनीति, संघ र प्रदेश सरकार गठन लगायतका विषयमा छलफल भएको पुनको सचिवालयले जनाएको छ । इतर समूहबाट डा। शेखर कोइराला र महामन्त्री गगन थापा दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij