
आइतवार , पौष ३, २०७९
काठमाडौं, ३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ ।९।१० गते आइतबार १७ बजेभित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij