
आइतवार , पौष ३, २०७९
काठमाडौं, ३ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देनलाई भेट्नका लागि कार्यवाहक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यलय पुगेका थिए ।
भेटका क्रममा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । यसका साथै उनीहरूबीच समसामयीक विषयमा कुरा भएको बताइएको छ । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij