२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

एकीकृत समाजवादीका सांसदहरूले गरे बधाई साटासाट (फाेटाेसहित)

सोमवार , पौष ४, २०७९

काठमाडौं, ४ पुस । एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरूले आपसमा बधाई साटासाट गरेका छन् ।

सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभामा विजयी सांसदहरूले आपसमा बधाई साटासाट गरेका हुन् ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले नवनिर्वाचित सांसदहरूलाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० सिट जितेको छ । तर तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले समानुपातिकबाट सिट जित्न सकेन ।