
सोमवार , पौष ४, २०७९
भैरहवा, ४ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । सिद्धार्थनगर नगर कार्यपालिकाको बैठकलले प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
नगर क्षेत्रमा व्यवसायीहरुले प्लाष्टिकको झोला प्रयोग गरेको पाइएको र प्लाष्टिकको झोलाको प्रयोगले जनस्वास्थ्यमा (क्यान्सर रोग) असर गर्ने गरेकोले विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।
प्लाष्टिकको झोलाको पूर्ण रुपमा विक्री वितरण बन्द नगरपालिकाको कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गरेर प्लाष्टिकको झोला प्रयोग नगर्न आग्रह गरेको छ ।
तोकिएको अवधी पश्चात पनि प्लाष्टिकको झोला विक्री वितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजार रुपैयाँ जरिवाना कारवाही गरिने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij