
बुधवार , पौष ६, २०७९
काठमाडौं, ६ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेतामा अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।
बुधबार राजधानीमा बसेको पार्टी संसदीय दलको बैठकबाट अध्यक्ष ठाकुर सर्वसम्मत संसदीय दलको नेता बनेका हुन् ।
लोसपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४ सिट जितेको छ । समानुपातिकमा भने थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । निर्वाचनमा सत्ता गठबन्धनमै रहेको लोसपाले सरकारमा जाने समेत निर्णय गरिसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij