२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमाका मेयर खाण नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित 

बुधवार , पौष ६, २०७९

भैरहवा, ६ पुस ।
रुपन्देहिको तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाण नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 
काठमाडौंमा सम्पन्न नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशनबाट खाण सर्वसम्मत रुपमा निर्वाचित भएको उनका स्वकीय सचिव सञ्जिव बस्यालले जानकारी दिए । संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् । देशभरीका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।