२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

निर्वाचनमा सम्मानजनक उपलब्धि हासिल गरेकोमा राप्रपालाई अमेरिकी राजदूतको बधाई

बिहिवार , पौष ७, २०७९

काठमाडौं, ७ पुस ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले निर्वाचनमा सम्मानजनक उपलब्धि हासिल गरेकोमा राप्रपालाई बधाई दिएका छन् । धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा बुधबार दिउँसो पुगेका राजदूत थम्पसनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा बधाई दिएका सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

साथै राजदूत थम्पसनले लिङ्देनलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना पनि दिएका छन् । 

सो भेटका क्रममा पार्टी अध्यक्ष लिङ्देन र राजदूत थम्पसनबीच समसामयिक विषय र दुईपक्षीय सम्बन्धको विषयमा पनि कुराकानी भएको प्रवक्ता श्रेष्ठले बताए ।